नियम ८
खनिज सर्भेक्षण सम्बन्धी हिसाब
(१) गमहानिर्देशकले खनिज सर्भेक्षणको दलका साथमा रहने गरी खटाई दिएको प्रशासकीय अधिकृत वा कर्मचारीले दलको प्रमुखको नियन्त्रणमा रही खनिज सर्भेक्षणको हिसाब तयार गरी निज मार्फत पेश गर्नु पर्नेछ ।
(२) खनिज सर्भेक्षण सम्बन्धी हिसाब र खर्चका सम्बन्धमा दलको प्रमुख र उपनियम (१) अन्तर्गत खटिने प्रशासकीय अधिकृत वा कर्मचारीको संयुक्त उत्तरदायित्व रहनेछ ।