दफा २०
खबर गरेमा इनाम दिने

(१) यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियम, विनियम, आदेश,
सूचना, निर्देश, इजाजत वा इजाजतपत्रको विपरीत विदेशी विनिमय सम्बन्धी अपराध गरेको
कुराको सुराक कुनै व्यक्तिले नेपाल सरकार वा नेपाल सरकारबाट अधिकार प्राप्त अधिकारी
समक्ष दिइ त्यसरी दिएको सुराकको आधारमा विदेशी विनिमय पक्राउ भई अपराध प्रमाणित
हुन आएमा त्यसरी पक्राउ भई आएको विदेशी मुद्रालार्ई नेपाली मुद्रामा परिणत गर्र्दा कायम
हुन आएको बिगोको सयकडा बीस प्रतिशत त्यस्तो सुराक दिने व्यक्तिलार्ई इनाम दिइनेछ ।
(२) उपदफा (१) बमोजिम दिइने इनामको रकम मुद्दाको अन्तिम टुङ्गो लागेपछि
पक्राउ भएको विदेशी मुद्रालार्ई नेपाली मुद्रामा परिणत गरी हुन आउने रकमबाट दिइनेछ ।