नियम १०
खयर काठ (जरा समेत) को बिक्री
नियम ९ मा जुनसुकै कुरा लेखिएको भए तापनि अधिकारप्राप्त अधिकारीले खयरको जरा बिक्री गर्दा तौलको आधारमा र खयर काठ (गोलिया) बिक्री गर्दा घन फिटको आधारमा अनुसूची–२ मा तोकिएको मूल्यमा नघटाई प्रचलित बजार मूल्यलाई समेत आधार मानी बोलकबोल प्रक्रियाद्वारा बिक्री गर्नु पर्नेछ ।