दफा
खर्च गर्ने अधिकार
आर्थिक वर्ष २०७९/०८० को निमित्त अनुसूची-१ बमोजिम सङ्घीय सञ्चित कोषमाथि व्ययभार हुने रकम बाहेक अनुसूची-२ को महल ३.मा उल्लिखित निकायले गर्ने सेवा र कार्यका निमित्त सोही अनुसूचीको महल ४ मा उल्लिखित चालु खर्च, महल ५ मां उल्लिखित पुँजीगत खर्च र महल ६ मा उल्लिखित वित्तीय व्यवस्थाको रकम समेत गरी महल ७ मा उल्लिखित जम्मा रकम रू. १६,०६,२६,३५,००,०००॥- (अक्षरेपि सोह्र खर्ब छ अर्ब छब्बीस करोड पैंतीस लाख) मा नबढाई निर्दिष्ट गरिए बमोजिम सङ्घीय सञ्चित कोषबाट खर्च गर्न सकिनेछ।