दफा
Na
(१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि विनियोजन भएको (रकम प्रचलित कानूनको अधीनमा रही खर्च गर्ने अख्तियारी यो: ऐन प्रारम्भ भएको दिनदेखि अधिकार प्राप्त अधिकारीलाई हुनेछ।

(२) उपदफा (१) बमोजिम खर्च गर्ने अख्तियारीको आधारमा कोष तथा लेखा नियन्त्रक कार्यालयले सम्बन्धित निकायलाई विनियोजन भएको रकम निकासा दिनेछ।

(३) कुनै निकायलाई एकभन्दा बढी निकायबाट खर्च गर्ने गरी: रकम विनियोजन भएकोमा विनियोजन भएको निकायको प्रमुखले संवत्‌ २०७९ साल असोज मसान्तभित्र विनियोजन भएको सम्पूर्ण रकम खर्च गर्ने निकायलाई बाँडफाँट गरी त्यसको जानकारी नेपाल सरकार, अर्थ मन्त्रालय र सम्बन्धित .कोष तथा लेखा नियन्त्रक कार्यालयलाई दिनु पर्नेछ।

तर बिनियोजन भएको उक्त रकम कुनै मनासिब- कारणले सो समयावधिभित्र बाँडफाँट गर्न नसकेमा त्यस्तो विनियोजन भएको निकायको प्रमुखले सोको कारण खुलाई संवत्‌ २०७९ साल कार्तिक महिनाभित्र बाँडफाँटको लागि अनुरोध गरेमा नेपाल सरकार, अर्थ मन्त्रालयले संवत्‌ २०७९, साल पुस मसान्तभित्र बाँडफाँट गर्न सक्नेछ।

(४) उपदफा (३) बमोजिमको बाँडफाँटबाट रकम प्राप्त गर्ने निकायको प्रमुखलाई त्यस्तो रकम खर्च गर्न अख्तियारी प्राप्त भएको मानिनेछ।

(५) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि मन्त्रालयगत बजेट सूचना प्रणालीमा समावेश भएको कार्यक्रमलाई बजेट कार्यान्वयन गर्ने प्रयोजनको लागि स्वीकृत कार्यक्रम मानिनेछ।

(६) उपदफा (५) बमोजिम मन्त्रालयगत बजेट सूचना प्रणालीमा समावेश भएको कुनै कार्यक्रम संशोधन गर्नु पर्ने भएमा सम्बन्धित निकायले- नेपाल सरकार, अर्थ मन्त्रालयको सहमति लिई संशोधन गर्न सक्नेछ।

(७) उपदफा (६) मा जुनसुकै कुरा लेखिएको भए तापनि मन्त्रालयगत बजेट सूचना प्रणालीमा समावेश भएको कार्यक्रममा उल्लिखित क्रियाकलापको वार्षिक लक्ष्य नघट्ने गरी नेपाल सरकारको स्रोत तर्फ सम्बन्धित निकायको लेखा उत्तरदायी अधिकृतले देहाय बमोजिम कार्यक्रम संशोधन तथा रकमान्तर गर्न सक्नेछः त

(क) एकै बजेट उपशीर्षकभित्रको भइरहेको क्रियाकलापको परिमाणात्मक लक्ष्य थप घट गर्ने गरी कार्यक्रम संशोधन गर्न,

(ख) खण्ड (क) बमोजिम कार्यक्रम संशोधन गर्दा रकमान्तर गर्नु पर्ने भएमा स्रोत परिवर्तन नहुने गरी आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा २० को उपदफा (२) को.अधीनमा रही थप हुने खर्च शीर्षकको सुरु विनियोजनको पच्चीस प्रतिशतसम्म रकमान्तर गर्न,

(ग) एकभन्दा बढी निकायमा बाँडफाँट भएको एकै बजेट: उपशीर्षक अन्तर्गतको एकै खर्च शीर्षकको रकम एक निकायबाट घटाई अर्को निकायमा थप गर्नु पर्ने भएमा रकम घटाउने कार्यालयसँग सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयको निकासा रोक्का राखेको पत्रको आधारमा क्रियाकलाप परिवर्तन नगरी कार्यक्रम संशोधन गर्न,

(८): उपदफा (७) बमोजिम सम्बन्धित निकायको लेखा उत्तरदायी अधिकृतले कार्यक्रम संशोधन तथा रकमान्तर गर्नु पर्ने भएमा देहायको खर्च शीर्षकभित्र रही कार्यक्रम संशोधन तथा रकमान्तर गर्नु पर्नेछ:- २२२११, २२२१२, २२२१३, २२२१४, २२२२१, २२२३१, २२२९१, _२२३११, २२३१२, २२३१३, २२३१४,. २२३१५, २२३१९, २२५११, २२५१२,- २२५२१, २२५२२, २२५२९, २२६११,_ २२६१२, २२६१९ र २२७११ ।

(९) उपदफा (६), (७) र (८) बमोजिमको कार्यक्रम संशोधन तथा रकमान्तर सम्बन्धित निकायको लेखा उत्तरदायी अधिकृतले मन्त्रालयगत बजेट सूचना. प्रणालीमा प्रविष्ट गराउनु पर्नेछ।