दफा २५
खर्च व्यहोर्नु पर्ने
– यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम बिरुवा, बिरुवाजन्य उपज, बायोलोजिकल कण्ट्रोल एजेण्ट, लाभदायक कीरा वा अन्य वस्तुको उपचार गर्न, नष्ट गर्न वा सम्बन्धित मुलुकमा फिर्ता गर्न लागेको सम्पूर्ण खर्च सम्बन्धित पैठारीकर्ता वा निकासीकर्र्ता वा त्यस्तो बस्तुसँग सम्बन्धित व्यक्तिले व्यहोर्नु पर्नेछ ।