दफा १३
खाता सञ्चालन
बैंकले नेपाल सरकार अन्य सरकारी निकाय, बाणिज्य बैंक तथा वित्तीय संस्था, सार्वजनिक संस्थान, विदेशी नियोग, विदेशी केन्द्रीय बैंक, विदेशी बैंक तथा अन्तर्राष्ट्रिय संघ, संस्थाको लागि खाता खोली सञ्चालन गर्न सक्नेछ । यस्तो खाता खोल्ने र सञ्चालन गर्ने प्रकृया बैंकले तोके बमोजिम हुनेछ । तर बैंकले कुनै व्यक्ति, उद्योग वा राजनैतिक संस्थाको लागि खाता सञ्चालन गर्ने छैन ।