नियम २९
खानतलासी तथा बरामद
(१) जाँचबुझ अधिकृत वा अनुसन्धान अधिकृतले उजुरी वा कसूरको जाँचबुझ वा अनुसन्धानको सिलसिलामा शरीरको तलासी, सवारी साधनको तलासी गर्दा अनुसूची–४ बमोजिमको ढाँचामा गर्नु पर्नेछ ।
(२) कसूरको जाँचबुझ वा अनुसन्धानको सिलसिलामा कसैको घर कम्पाउण्ड, कारोबार स्थलमा प्रवेश गर्दा र त्यसरी खानतलासी गर्दा कुनै सामान बरामद भएमा वा नियन्त्रणमा लिएमा अनुसूची–५ बमोजिमको मुचुल्का गर्नु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम खानतलासी गर्दा बरामद भएको नगद, जिन्सी वा अन्य कुनै मालसामान आफुसँग लैजानु परेमा जाँचबुझ अधिकृत वा अनुसन्धान अधिकृतले त्यस्तो मालसामान बुझेको भरपाई तयार गरी संस्था भए त्यसकोे पदाधिकारी र अन्य व्यक्ति भए घरधनी वा मालसामान धनी वा मालसामान जिम्मा रहेको व्यक्तिलाई दिनु पर्नेछ र निज फेला नपरेमा वा फेला परे पनि निजले भरपाई बुभ्नु नमानेमा त्यस्तो भरपाई गाउँपालिका वा नगरपालिकाको प्रतिनिधिलाई जिम्मा दिनु पर्नेछ ।
(४) उपनियम (३) बमोजिमको गाउ“पालिका वा नगरपालिकाको प्रतिनिधि फेला नपरेमा बरामद गरिएको स्थानमा त्यस्तो भरपाई टा“स गरी बरामदी मुचुल्कामा सो व्यहोरा समेत जनाउनु पर्नेछ ।
(५) उपनियम (४) बमोजिम भरपाई टा“स गरे पछि सम्बन्धित व्यक्तिले रीतपूर्वक भरपाई बुझेको मानिनेछ ।