दफा १९
खारेजी र बचाउ :

(१) लुम्बिनी विकास समिति (गठन) आदेश, २०३२ खारेज गरिएको छ र सो आदेश बमोजिम गठित समितिको सबै चल तथा अचल सम्पत्ति कोषमा सर्नेछ ।
तर सो आदेश अन्तर्गत गठित लुम्बिनी विकास समिति दफा १२ को उपदफा (१) बमोजिम योजना कार्यान्वयन समिति गठन नहुन्जेलसम्म कायम रहनेछ ।

(२) उपदफा (१) बमोजिमको समितिसित भए गरेका सवै ठेक्का पटृा तथा सम्झौताहरू कोषसित भए गरेको मानिने छ र सो समितिबाट भए गरेका सम्पूर्ण काम
कारवाही कोषबाट भए गरेको मानिनेछ ।