दफा ४४
खारेजी र बचाउ
  (१) मध्यस्थता ऐन, २०३८ खारेज गरिएको छ ।
(२) यो ऐन प्रारम्भ हुनु अघि मध्यस्थताको कारबाही शुरु भई सकेको मध्यस्थताको हकमा मध्यस्थता ऐन, २०३८ कै कार्यविधि अपनाउनु पर्नेछ ।
(३) मध्यस्थता ऐन, २०३८ बमोजिम भएको मध्यस्थताको निर्णय बदर गर्न दिइने उजुरीको म्याद एवं उजुरी दिने आधार मध्यस्थता ऐन, २०३८ मा उल्लेख भए बमोजिम नै हुनेछ ।