दफा ७४
खारेजी र बचाउ
(१) देहायका ऐनहरु खारेज गरिएका छन्ः–
(क) वन ऐन, २०१८
(ख) वन संरक्षण (विशेष व्यवस्था) ऐन, २०२४
(२) यो ऐन प्रारम्भ हुनुभन्दा अघि वन ऐन, २०१८ र वन संरक्षण (विशेष व्यवस्था) ऐन, २०२४ र उक्त ऐन बमोजिम बनाइएको नियम वा निकालिएको आदेश अन्तर्गत गरिएको काम यसै ऐन अन्तर्गत भए गरेको मानिनेछ ।