दफा २९
खारेजी र बचाउ

२९. खारेजी र बचाउ

(१) प्रतिस्पर्धाको माध्यमबाट छनौट भई हाल कार्यरत रहेका सार्वजनिक संस्थानका कार्यकारी प्रमुखहरूले निजहरूलाई तोकिएको अवधिसम्म निरन्तरता पाउने छन् ।
(२) प्रतिस्पर्धाबाट छनौटको व्रmममा रहेका सार्वजनिक संस्थानका कार्यकारी प्रमुखहरूको छनौट प्रकृया बोर्डले कार्य सञ्चालन शुरु नगरेसम्म यथावत रहनेछ, तत्पश्चात् यस आदेश बमोजिम समन्वय गरी छनौट कार्य अगाडी बढाउनु पर्नेछ ।
(३) बिना प्रतिस्पर्धा सोझै नियुक्त भएका कार्यकारी प्रमुखहरूको पदावधि दफा ११ बमोजिमको सिफारिस समितिको सिफारिसको आधारमा नेपाल सरकारले अर्काे सञ्चालक नियुक्त गरेको मितिदेखि स्वतः समाप्त हुनेछ ।
(४) सार्वजनिक संस्थान, निर्देशन बोर्ड (गठन तथा कार्य संचालन) आदेश, २०६८ खारेज गरिएको छ ।
(५) सार्वजनिक संस्थान, निर्देशन बोर्ड (गठन तथा कार्य संचालन) आदेश, २०६८ बमोजिम भए गरेका काम कारबाहीहरु यसै आदेश बमोजिम भए गरेको मानिनेछ ।