दफा ६८
खारेजी र बचाउ
(१) विदुषी योगमाया विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति (गठन) आदेश, २०७७ खारेज गरिएको छ।
(२) यो ऐन प्रारम्भ भएपछि विदुषी योगमाया विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिको सम्पूर्ण सम्पत्ति तथा दायित्व विश्वविद्यालयमा सर्नेछ।
(३) विदुषी योगमाया विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति (गठन) आदेश, २०७७ बमोजिम भए गरेका काम कारबाही यसै ऐन बमोजिम भए गरेको मानिनेछ।