दफा ३८
खारेजी र बचाउ
(१) मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय पूर्वाधार तयारी विकास समिति (गठन) आदेश, २०७५ खारेज गरिएको छ ।
(२) संरक्षक समिति गठन भई पहिलो बैठक नबसेसम्मका लागि यो ऐन प्रारम्भ हुँदाका बखत कायम रहेको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय पूर्वाधार तयारी विकास समितिले विश्वविद्यालयको संरक्षक समितिको रुपमा काम गर्नेछ ।
(३) यो ऐन प्रारम्भ भए पछि मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय पूर्वाधार तयारी विकास समितिको सम्पूर्ण सम्पत्ति तथा दायित्व विश्वविद्यालयमा सर्नेछ ।
(४) मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय पूर्वाधार तयारी विकास समिति (गठन) आदेश, २०७५ बमोजिम भए गरेका काम कारबाही यसै ऐन बमोजिम भए गरेको मानिनेछ ।