नियम २४
खास खनिज पदार्थको खनिज कार्यको लागि खनिज सम्झौता गर्न सूचना प्रकाशन गरी प्रस्ताव आव्हान गर्नु पर्ने
(१) ऐनको दफा ५ को उपदफा (३) बमोजिम खास खनिज पदार्थको सम्बन्धमा विभागले खनिज सम्झौता गरी खनिज कार्य गर्न अनुमतिपत्र दिने प्रयोजनको लागि आवश्यक विवरण सहित कम्तीमा साठी दिनको म्याद दिई राष्ट्रिय स्तरको  पत्रपत्रिकामा सूचना प्रकाशन गरी प्रस्ताव आव्हान गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम प्रस्ताव आव्हान गरी प्रकाशन गरिने सूचनामा अन्य कुराका अतिरिक्त देहायका कुराहरु खुलाउनु पर्नेछ ः-
(क) खनिज कार्यको लागि आव्हान गरिएको खनिज क्षेत्र ।
(ख) खास खनिज सम्बन्धी उपलब्ध आधारभूत सूचना तथा जानकारी ।
(ग) भौतिक पूर्वाधार सम्बन्धी उपलब्ध आधारभूत जानकारी ।
(घ) प्रस्ताव दस्तुर ।
(ङ) अन्य आवश्यक कुराहरु ।
(३) विभागले खोजतलास कार्य गर्दा लागेको प्रत्यक्ष खर्चको अनुमान गरी सो बराबरको रकम वा शेयर लिन चाहेको भए सोकुरा समेत उपनियम (१) बमोजिम प्रकाशन हुने प्रस्ताव आव्हान सम्बन्धी सूचनामा खुलाउनु पर्नेछ ।