दफा ४०
खुद आय व्ययको गणना
(१) बैंकले प्रत्येक आर्थिक वर्षमा आफ्नो आय व्ययको विवरण तयार गर्नेछ । (२) उपदफा (१) बमोजिम आय व्ययको विवरण तयार गर्दा नेपाल लेखामान बमोजिम गर्नु पर्नेछ । (३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल लेखामानमा समावेश नभएका क्षेत्रहरुको हकमा अन्तर्राष्ट्रिय लेखा मापदण्डलाई आधारको रुपमा लिनु पर्नेछ । (४) आय व्ययको विवरण तयार गर्दा बैङ्कलाई प्राप्त भैसकेको आय, बैङ्गले ब्यहोरेको वा व्यहोर्न बाँकी रहेको व्यय र खुद मूल्याड्ढन आय वा व्यय समायोजन गरी खराब वा शंकास्पद ऋण र सम्पत्तिको ह्रास कट्टी व्यवस्था घटाई खुद आय यकिन गर्नु पर्नेछ ।