दफा ४५
खुला बजार कारोबार सञ्चालन
(१) बैंकले सम्झौता गरी नेपाल सरकारको तर्फबाट जारी गरेको ऋणपत्र वा बैङ्कले जारी गरेको वा तोकेको ऋणपत्र तत्काल खरिद वा बिक्री गर्ने वा पछि खरिद वा बिक्री गर्ने गरी खुला बजार कारोबार सञ्चालन गर्नेछ । (२) बैङ्कले उपदफा (१) बमोजिमको खुला बजार कारोबार सञ्चालन गर्दा नेपाल सरकारका ऋणपत्रहरु व बैंकआफैले जारी गरेका ऋणपत्रको सुरक्षणमा रिपर्चेज एग्रिमेण्ट वा रिभर्स रिपर्चेज एग्रिमेण्ट गरी अत्पकालीन तरलता व्यवस्थापनको कार्य समेत गर्न सक्नेछ । (३) बैङ्कले खुला बजार कारोबार सञ्चालनका लागि अन्य उपयुक्त उपकरण समेत जारी गर्न सक्नेछ ।