नियम १०
खोजतलास कार्यको सञ्चालन

(१) खोजतलास कार्यको अनुमतिपत्र प्राप्त व्यक्तिले खोजतलास कार्यको सञ्चालन अनुमतिपत्र प्राप्त गरेको मितिले नब्बे दिन भित्र गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको अवधि भित्र खोजतलास कार्यको सञ्चालन नगरेमा विभागले खोजतलास कार्यको अनुमतिपत्र रद्द गर्न सक्नेछ ।
(३) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि खोजतलास कार्यको अनुमतिपत्र प्राप्त व्यक्तिले विशेष परिस्थिति परी उपनियम (१) बमोजिमको म्यादभित्र खोजतलास कार्यको सञ्चालन गर्न नपाएको कारण सहित उक्त म्याद समाप्त हुनु अगावै विभाग समक्ष निवेदन दिएमा सो निवेदन उपर आवश्यक जा“चवुझ गरी कारण मनासिव  देखेमा विभागले सो म्याद समाप्त भएको मितिले नब्बे दिनभित्र खोजतलास कार्यको सञ्चालन गर्न दिन सक्नेछ ।