नियम
खोपको अभिलेख

(१) विफर नियन्त्रण कार्यक्रम अन्र्तगत दिइएको सबै खोपको अभिलेख राख्नु पर्छ ।
(२) सफल खोप र असुरक्षित बालकको अभिलेख सम्बन्धित क्षेत्रको कार्यालयमा रहनेछ ।
(३) खोप सम्बन्धी देहाय बमोजिमको प्रतिवेदनलाई देहाय बमोजिम गरी पेश गर्नु पर्छः–
(क) खोपाउने ठाउँ बाहेक अन्यत्र खोपेकोमा खोप्ने व्यक्तिले विवरण खोली सम्बन्धित सुपरिटेण्डेण्ट छेउ प्रतिवेदन गर्ने,
(ख) हरेक खोपाउने ठाउँबाट खोपेको प्रतिवेदन विफर नियन्त्रण कार्यक्रमको प्रमुख कार्यालयमा आफ्नो क्षेत्र मार्फत महिना महिनामा
पेश गर्ने,
(ग) हरेक क्षेत्रको खोपाउने ठाउँबाट प्राप्त सबै फाँटवारी एकत्रित गरी समुचित प्रतिवेदन सम्बन्धित सुपरभाइजरले जोनल कार्यालयमा पेश गर्ने,
(घ) जोनल कार्यालयले प्रतिवेदन संकलन गरी विफर उन्मूलन प्रोजेक्टमा पठाउने,
(ङ) विफर उन्मूलन प्रोजेक्टमा संकलन भएको सबै प्रतिवेदन स्वास्थ्य सेवा विभाग, सरुवा रोग नियन्त्रण शाखामा पठाउने ।