दफा ७७
गयल परेकोमा जाँचवुझ गर्ने
: विदा स्वीकृत नगराई तीस दिनभन्दा बढी गयल भएमा जाँचबुझ गर्न यथाशक्य छिटो कोर्ट अप् इन्क्वायरी गठन गर्नु पर्नेछ । कोर्टको अधिकृतले शपथ लिई जाँचबुझ गर्दा गयल पर्ने व्यक्तिले विदा स्वीकृत नगराई वा अन्य पर्याप्त कारण नभई गयल भएको र निजको जिम्मामा रहेको सरकारी सम्पत्ति, हातहतियार, खरखजाना, सरसामान (इक्विप्मेण्ट), इन्स्टुमेण्ट, लत्ता कपडा वा अन्य सामान पुग नपुग भएको विषयमा समेत जाँचवुझ गरी निर्णय गर्नेछ । कमाण्डिङ्ग अधिकृतले सो निर्णयको अभिलेख सम्बन्धित चमु वा विभागको सैनिक अदालत कितावमा जनाई राख्नेछ ।