दफा १६
गलत ढङ्गले दर्ता गरिएको सूचनासम्बन्धी दाबी
(१) कुनै व्यक्तिलाई आफ्नो नाममा दर्ता कार्यालय समक्ष दर्ता भएको कुनै सूचना यथार्थमा आधारित नभएको वा गलत ढङ्गले दर्ता गरिएको भन्ने लागेमा त्यस्तो व्यक्तिले त्यस्तो सूचना सच्याउनको लागि दर्ता कार्यालयमा देहायका कुरा खुलाई सच्चाउने विवरण दर्ता गर्न सक्नेछः– (क) प्रारम्भिक सूचनाको दर्ता नम्बरबाट सो विवरणसँग सम्बन्धित अभिलेखको पहिचान भएको कुरा, (ख) सो विवरण सच्याउने विवरण भएको कुरा, र (ग) कुन आधारमा सो व्यक्तिलाई सो अभिलेख अयथार्थ हो भन्ने लागेको हो त्यस्तो आधार र सो व्यक्तिलाई अयथार्थता हटाउन सो अभिलेखमा कसरी संशोधन गर्नु पर्छ भन्ने लागेको छ सो कुरा वा कुन आधारमा सो व्यक्तिलाई सो अभिलेख गलत ढङ्गले दर्ता गरिएको हो भन्ने लागेको हो सोको आधार । (२) यस दफाबमोजिम दर्ता भएको सच्याउने विवरणको दर्ताले सूचनाको प्रभावकारितामा कुनै असर पार्ने छैन ।