दफा ८३
गाभ्ने, गाभिने र प्राप्ति सम्बन्धी अन्य व्यवस्था
(१) ऐनको दफा ११४ बमोजिम गाभ्न वा गाभिन; वा दफा ११६ बमोजिम प्राप्ति गर्न चाहेमा त्यस्तो बीमकले आफ्नो सञ्चालक समितिबाट निर्णय गरी सैद्धान्तिक स्वीकृतिको लागि देहायका कुरा खुलाई प्राधिकरणमा संयुक्त रूपमा निवेदन दिनु पर्नेछ:-
(क) बीमक एकआपसमा गाभ्नु, गाभिनु वा प्राप्ति गर्नुको आवश्यकता तथा औचित्य र सोबाट बीमा क्षेत्रमा पर्ने अंसरको सामान्य प्रक्षेपण,
(ख) गाभ्ने र गाभिने वा प्राप्ति गर्ने दुवै बीमकको पछिल्लो आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरण,
(ग) बीमितको हित सुरक्षार्थ गरिएको व्यवस्था,
(घ) गाभिने बीमकको चल अचल सम्पत्ति र दायित्वको भुक्तानी अवधि सहितको यथार्थ विवरण,
(ङ) बीमकका कर्मचारीको व्यवस्थापनको विवरण,
(च) बीमकहरूले गाभ्ने, गाभिने वा प्राप्ति सम्बन्धी गरेको प्रारम्भिक सम्झौतापत्र।
(२) उपनियम (१) बमोजिम सैद्धान्तिक सहमति प्राप्त गरेको बीमकले आ-आफ्नो सम्पत्ति र दायित्वको मूल्याङ्कन गर्नुअघि बीमा सम्बन्धी दायित्वको बीमाङ्कीय_ मूल्याङ्कन गर्नु पर्नेछ।
(३) उपनियम (१) को प्रयोजनको लागि ऐनको दफा ११४ र ११६ बमोजिम नियुक्त भएको मूल्याङ्नकर्ताले सो उपनियममा उल्लिखित विषयका. अतिरिक्त प्राधिकरणले तोकिदिएका अन्य विषयमा समेत अध्ययन गरी प्रतिवेदन पेस गर्नु पर्नेछ।
(४) ऐनको दफा ११६_को उपदफा (८) बमोजिम लक्षित बीमकको विस्तृत लेखापरीक्षण प्रतिवेदन (डयू डिलिजेन्स अडिट रिपोर्ट) तयार गरी आपसी सम्झौताबाट कायम भएको स्वाप अनुपात अनुरूपको शेयर सङ्ख्या प्राप्ति गर्ने बीमकले खरिद गर्नु पर्नेछ।
(५) प्राधिकरणबाट सैद्धान्तिक स्वीकृति प्राप्त गरेपश्चात गाभ्ने, गाभिने वा-प्राप्ति गर्ने बीमकले साधारणसभाबाट सो सम्बन्धी: प्रस्ताव पारित गरी अन्तिम स्वीकृतिको लागि प्राधिकरणमा पेस गर्नु पर्नेछ।
(६) गाभ्ने, गाभिने तथा प्राप्तिको लागि स्वीकृति प्राप्त गरेका बीमकलाई प्राधिकरणले आवश्यकता र औचित्यका आधारमा अवधि तोकी छुट सुविधा दिन सक्नेछ।
(७) प्राधिकरणले बीमा व्यवसायलाई व्यवस्थित गर्न बीमकहरूको बीचमा गाभ्ने, गाभिने तथा प्राप्तिको लागि प्रोत्साहन गर्न बीमकलाई आवश्यक छुट सुविधा दिन सक्नेछ।