दफा
परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा, -

(क) -“अन्डरराइटर” भन्नाले बीमायोग्य व्यक्ति र्‌ सम्पत्तिमा निहित जोखिमको विश्लेषण गरी बीमाशुल्क तथा बीमाका शर्त निर्धारण गर्न बीमा मध्यस्थकर्ताको रूपमा नियम ६६ बमोजिम इजाजतपत्रप्राप्त व्यक्ति सम्झनु पर्छ।

(ख) “ऐन” भन्नाले बीमा ऐन. २०७९ सम्झनु पर्छ।

(ग) “दाबी अन्वेषक” भन्नाले बीमालेख अनुरूप बीमा दाबी भए वा नभएको वा बीमामा छलकपट वा जालसाजी भए वा नभएको छानबिन गर्नको लागि बीमा मध्यस्थकर्ताको रूपमा नियम ६५ बमोजिम नियुक्त व्यक्ति सम्झनु पर्छ।

(घ) “बीमा एग्रिगेटर” भन्नाले बीमकले उपलब्ध गराउने बीमालेखको विशेषता र बीमाशुल्क समेतको तुलनात्मक विश्लेषण गरी उपयुक्त बीमालेख छनोट गर्न सहयोग गर्ने उद्देश्यले बीमा मध्यस्थकर्ताको रूपमा कार्य गर्न नियम ६७ बमोजिम इजाजतपत्रप्राप सङ्गठित संस्था सम्झनु पर्छ।

(ङ) “बीमालेख . निर्माता प्रोडक्ट डेभलपर)”. भन्नाले बीमालेखको विकास ; (प्रोडक्ट डेभलप) गर्न आवश्यक अनुसन्धान तथा तथ्याङ्कको विश्लेषण गरी बीमालेख तयार गर्न नियम ६८ बमोजिम इजाजतपत्रप्राप् व्यक्ति वा संस्था सम्झनु पर्छ।