दफा २६
गोप्यता भङ्ग गर्न नहुने
अनुसन्धान अधिकृत वा अनुसन्धानको काममा संलग्न कर्मचारी वा व्यक्तिले यस ऐन बमोजिम अनुसन्धानको सिलसिलामा वा आफ्नो कर्तव्य पालन गर्दा निजलाई ज्ञात हुन आएको कुनै कुरा वा दाखिला भएको कुनै लिखतको गोप्यता प्रचलित कानूनले बाध्य गरेको अवस्थामा बाहेक अन्य अवस्थामा भङ्ग गर्नु हुँदैन ।