दफा २
ग्रामीण तथा सुदूर इलाकाहरुमा दूर सञ्चार एवं सूचना तथा सञ्चार प्रविधिको पहुँच
१२.२.१ हाल विद्यमान सूचना तथा सञ्चार प्रविधिको पहुँच नपुगेका समुदाय तथा क्षेत्रहरु सम्बन्धी नियामक तथा नीतिगत व्यवस्था तथा उक्त व्यवस्थाको कार्यान्वयन वीचको अन्तर विश्लेषण गरिने छ ।
१२.२.२ सूचना तथा सञ्चार प्रविधिको पहुँचबाट बाहिर रहेका क्षेत्र एवं समुदायहरु पहिचान गर्दै आवश्यक नीतिगत व्यवस्थाका साथै ग्रामीण दूर सञ्चार विकास कोष मार्फत प्राप्त हुने श्रोत उक्त क्षेत्र तथा समुदायहरुमा लक्षित गर्न एक विस्तृत अध्ययन गरी कार्ययोजना बनाइने छ ।
१२.२.३ समुदायहरुलाई सूचना तथा सञ्चार प्रविधिको अर्थपूर्ण प्रयोगमा सक्षम बनाउन एक राष्ट्रव्यापी डिजिटल साक्षरता कार्यक्रम तर्जूमा गरी लागू गरिनेछ ।
१२.२.४ व्रोडव्याण्ड नेटवर्क तथा सेवालाई ग्रामीण दूर सञ्चार बिकास कोष समेतको परिचालन द्वारा ग्रामीण तथा शहरी क्षेत्रहरुमा विस्तार गर्न आवश्यक व्यवस्था मिलाइनेछ ।
१२.२.५ जिल्ला सदरमुकाम भन्दा बाहिर प्रतिस्पर्धी सूचना तथा सञ्चार सेवाको विस्तार गर्ने वातावरण सिर्जना गर्न आर्थिक, नीतिगत तथा नियामक प्रोत्साहनका उपायहरु अवलम्वन गरिनेछ । यसै अनुरुप दूरसञ्चार सेवाको पहुँचबाट पछाडी परेका क्षेत्रहरुमा न्यूनतम उपभोक्ता मूल्यमा ब्रोडव्याण्ड सेवा प्रवाहको शर्त सहित केही रेडियो फ्रिक्वेन्सी स्पेक्ट्रम बिशेष इजाजत व्यवस्था मार्फत उपलव्ध गराइने छ ।
१२.२.६ सूचना तथा सञ्चार प्रविधिको विस्तार र प्रयोगका लागि स्थानीय निकायहरुलाई सशर्त अनुदान र ग्रामिण दूरसञ्चार विकास कोषबाट रकम उपलब्ध गराउन सकिनेछ ।