दफा २६
घर जग्गा आदिमा प्रवेश गर्न सक्ने
(१) परियोजना कार्यान्वयनको सिलसिलामा अनुमतिपत्र प्राप्त व्यक्तिले कुनै घर, जग्गा, उद्योग, कलकारखाना आदिको भौगोलिक तथा वैज्ञानिक सर्वेक्षण तथा नाप नक्शा गर्न, माटो लगायत अन्य प्राकृतिक स्रोत र साधनको परीक्षण गर्न, त्यसको लागि आवश्यकतानुसार उपकरण जडान गर्न तथा त्यस्तो उपकरणको प्रयोग गर्न, जग्गा छुट्याउन, साँध, किल्ला खडा गर्न वा निशाना लगाउने प्रयोजनको लागि सम्बन्धित धनीलाई अग्रीम सूचना दिई घर जग्गा आदिमा प्रवेश गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम घर जग्गा आदिमा प्रवेश गर्दा सो जग्गामा लगाएको अन्न वाली वा हुर्केका रुख विरुवा काट्नु, उखेल्नु परेमा वा जग्गामा रहेका कुनै छेकबार, पर्खाल, कुनै मेशिनरी, औजार आदि हटाउनु, भत्काउनु वा लगाउनु परेमा सोको मनासिब क्षतिपूर्ति सम्बन्धित धनीलाई दिई अनुमतिपत्र प्राप्त व्यक्तिले सो गर्न सक्नेछ ।
(३) उपदफा (१) बमोजिम घर जग्गा आदिमा प्रवेश गर्दा सम्भव भएसम्म सम्बन्धित धनी, सरोकारवाला व्यक्ति तथा सोको कारणबाट प्रभावित हुने व्यक्तिको उपस्थितिमा प्रवेश गर्नु पर्नेछ ।