नियम
घर जग्गा बहाल कर सम्बन्धी मुद्दाको बहस पैरवी
कर अड्डाले गरेको कर निर्धारण र ऐन तथा नियमावली बमोजिम कर अड्डाले गरेको कारवाईको विरुद्ध कुनै व्यक्तिले प्रचलित नेपाल कानुन बमोजिम उजुरी पुनरावेदन वा कुनै किमिमको दावी गरेमा त्यस्तो कर सम्बन्धी मुद्दाको बहस पैरवी ♣सरकारी वकील सम्बन्धी नियमावली, २०१७ को नियम ३२ को अधीनमा रही सम्बन्धित सरकारी वकिलले
बहस पैरवी गर्नुपर्छ र त्यस्तो मुद्दाको बहस पैरवी निमित्त सरकारी वकिललाई आवश्यक सहयोग दिनु पनि सम्बन्धित कर अधिकृतको कर्तव्य हुनेछ ।