नियम १०
घर वा कार्यालयमा राखिने होर्डिङ्ग बोर्ड
(१) ऐनको दफा ४ को उपदफा (२) बमोजिम आफ्नो पेशा वा व्यवसाय गर्ने घर वा कार्यालयको परिसरमा राखिने होर्डिङ्ग बोर्ड, सूचना वा परिचयपाटीको आकार र प्रकार बोर्डले निर्धारण गरे बमोजिम हुनेछ।

(२) उपनियम (१) बमोजिम घर वा कार्यालयको परिसरमा राख्ने होर्डिङ्ग बोर्ड, सूचना वा परिचयपाटीमा विज्ञापन समेत राख्ने भएमा बोर्डले निर्धारण गरेको मापदण्डको अधीनमा रही स्थानीय तहबाट अनुमतिपत्र लिनु पर्नेछ।