दफा ५ख
घाट ठेक्का लिनेलाई डाँक निशुल्क तार्न कबुलियत गराउनु पर्ने
: (१) प्रचलित नेपाल कानून बमोजिम घाट ठेक्का दिने अधिकारप्राप्त कार्यालय वा संस्थाले त्यस्तो ठेक्का दिंदा नेपाल सरकारबाट संचालित हुलाक व्यवस्था सम्बन्धी डाँक निशुल्क तार्नेछु भनी ठेक्का लिनेलाई कबुलियत गराउनु पर्नेछ ।
(२) यो ऐन प्रारम्भ हुनुभन्दा अघि भएका घाट ठेक्काहरुका सम्बन्धमा निशुल्क डाँक तार्ने व्यवस्था गर्न नेपाल सरकारले ठेकेदारसँग छुट्टै व्यवस्था गर्न सक्नेछ ।