दफा ५५
चालक अनुमतिपत्रमा अरू सवारी समावेश गर्ने
(१) कुनै चालकले आफूले पाएको चालक अनुमतिपत्रमा लेखिएका सवारीका अतिरिक्त अन्य कुनै सवारी समावेश गराउन चाहेमा समावेश गराउन चाहेको सवारीको किसिम खुलाई तोकिएको ढाँचामा तोकिएको दस्तुर संलग्न राखी अधिकार प्राप्त अधिकारी समक्ष दरखास्त दिनु पर्छ ।
(२) उपदफा (१) बमोजिम दरखास्त परेमा परीक्षा समितिले चालक अनुमतिपत्रमा समावेश गराउन चाहेको सवारी चालकले चलाउन सक्छ सक्तैन भन्ने कुराको यकिन गर्न दफा ४९ बमोजिम निजको परीक्षा लिनु पर्छ ।
(३) उपदफा (२) बमोजिम परीक्षा लिंदा सफल भएको चालकको अनुमतिपत्रमा निजले समावेश गराउन चाहेको सवारी समावेश गरी अधिकार प्राप्त अधिकारीले नयाँ चालक अनुमतिपत्र दिनु पर्छ ।
(४) उपदफा (३) बमोजिम चालक अनुमतिपत्र दिंदा दफा ५१ बमोजिम परीक्षणकालमा रहने गरी दिइनेछ ।