दफा ५९
चालकको ठेगाना बदलिएमा सूचना गर्नु पर्ने
(१) चालकको स्थायी ठेगाना बदलिएमा एक महीनाभित्र सो कुराको सूचना अधिकार प्राप्त अधिकारीलाई दिनु पर्छ ।
(२) उपदफा (१) बमोजिमको सूचना प्राप्त भएपछि अधिकार प्राप्त अधिकारीले चालकको नयाँ ठेगाना समेत दर्ता किताबमा जनाउन लगाउनु पर्छ ।