नियम
चालू सञ्चालन खर्च

पेट्रोलियम उद्योगले व्यापारिक उत्पादन दिनपछि गरेको सबै गैर पूँजिगत खर्चहरू र देहाय बमोजिमका खर्चहरू चालू सञ्चालन खर्च मानिनेछः–
(क) पेट्रोलियमको सर्भेक्षण, विकास, उत्पादन शुद्धीकरण, ओसार पसार सञ्चय, हाण्डलिङ्ग तथा डेलिभरी र मर्मत सम्भार तथा त्यस्तै
किसिमको कृयाकलापहरू लगायत दैनिक पेट्रोलियम कार्यमा प्रत्यक्ष रूपले प्रयोग गरेको श्रम, मालसामान र सेवाहरूको लागि गरिएका
खर्चहरू ।
(ख) पेट्रोलियम कार्यको सम्बन्धमा प्रत्यक्ष रूपले नेपालभित्र वा बाहिर गरिएका साधारण तथा कार्यालय प्रशासन, सेवा तथा सञ्चालन
शिर्षस्थ खर्चहरू लगायत प्राविधिक एवं सम्बन्धित सेवाहरू, मालसामानहरू, ढुवानी, भाडा भरौट तथा व्यावसायिक कर्मचारीहरूसम्बन्धी र त्यस्तै किसिमका अन्य खर्चहरू ।
(ग) बीमा खर्च, शुल्क तथा पेट्रोलियम कार्यसँग सम्बन्धित सबै नोक्सानी दावी क्षतिपूर्ति र फैसलाको छिनाफाना गर्न लागेको सबै खर्चहरू ।
(घ) जिन्सी मालसामान अद्यावधिक गर्दा भएको नोक्सानी ।
(ङ) ऋण तथा जमानतको ब्याज, शुल्क र कमिशन ।
(च) डलर र नेपाली मुद्राको सटही दरको परिवर्तनबाट भएको विदेशी मुद्रा विनिमयसम्बन्धी नोक्सानी ।