दफा ३
चिट्ठीहरु ओसार्ने एकाधिकार नेपाल सरकारमा सुरक्षित रहने
: नेपाल ……… भित्र नेपाल सरकारबाट हुलाक व्यवस्था चलाइएका ठाउँहरुमा देहाय बमोजिम बाहेक चिट्ठीहरु ओसार्न र सो कामको निमित्त चिट्ठीहरु प्राप्त गर्ने, जम्मा गर्ने, पठाउने, चलान गर्ने, डेलिभरी गर्ने र तत्सम्बन्धी अरु सेवाहरुको संचालन गर्ने एकाधिकार नेपाल सरकारको हुनेछ ः-
(क) बाटोमा, भ्रमणमा वा यात्रामा कसैले कसैलाई डेलिभरी गरिदिनु भनी दिएको चिट्ठी, कुनै किसिमको ज्याला, इनाम वा मुनाफा नलिई ठेगानावालालाई डेलिभरी गर्ने ।
(ख) पठाउने वा पाउनेको कारोबारसित मात्र सम्बन्ध भएको चिट्ठी कुनै विशेष व्यक्ति मार्फत्पठाउने, र
(ग) जल, स्थल वा हवाई मार्गबाट मालसामानहरु पठाउँदा सँगसँगै पठाइएको सो मालसामानसित मात्र सम्बन्ध भएको चिट्ठी कुनै किसिमको ज्याला, इनाम वा मुनाफा नलिई डेलिभरी गर्ने ।
तर यस दफामा लेखिएको कुनै कुराले खण्ड (क), (ख) वा (ग) मा लेखिए बमोजिमका चिट्ठीहरु हुलाकबाट बाहेक अरु साधनबाट पठाउन भनी जम्मा गर्न कुनै व्यक्तिलाई अधिकार दिएको मानिनेछैन ।
(घ) वायु सेवाद्वारा संचालित एयर डकुमेन्ट पठाउने वा डेलिभरी गर्ने ।