नियम ७
चोरी गरी खपत गरेको विद्युत एकाईको निर्धारण गर्ने प्रक्रिया
ः
अनुसन्धान अधिकारीले अनुसन्धान तथा तहकिकात गर्दा ग्राहक वा उपभोक्ताले विद्युत चोरी गरेको पाईएमा त्यस्तो कसूरबाट वितरकलाई पर्न गएको हानी नोक्सानीको मूल्याङ्कनको लागि त्यस्तो ग्राहक वा उपभोक्ताको घर वा भवनमा जडान भएको प्रत्येक विद्युतीय उपकरण गत एक वर्षको अवधिमा अनुसूची–५ र अनुसूची–६ मा उल्लेख भए अनुसार सञ्चालन भएको अनुमान गरी खपत गरेको विद्युत एकाईको गणना तथा निर्धारण गर्नेछ ।