नियम ३०
चौपाया वा सडीगली जाने माल वस्तु लिलाम गर्न सकिने
३०. चौपाया वा सडीगली जाने माल वस्तु लिलाम गर्न सकिने ः
(१) ऐन अन्तर्गत सजाय हुने कसुरको सम्बन्धमा कब्जा गरेको वा नियन्त्रणमा लिएको सडीगली जाने माल वस्तु र चौपायालाई संरक्षकले तत्कालै लिलाम बिक्री गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम लिलामबाट आएको रकम मुद्दा किनारा हुँदा ठहरे बमोजिम हुने गरी धरौटी खातामा आम्दानी बाँधी राख्नु पर्नेछ ।