नियम २०
छात्रवृत्ति
(१) ऐनको दफा १७ को उपदफा (४), (६) र (७) तथा स्वदेश तथा विदेशबाट नेपाल सरकारलाई स्नातक तहको लागि प्राप्त हुने कूल छात्रवृत्ति सिटमध्ये पचपन्न प्रतिशत सिट खुला प्रतियोगिताबाट कायम भएको योग्यताक्रमबाट र पैंतालीस प्रतिशत सिट उपनियम (२) बमोजिमका समुदाय तथा व्यक्तिका लागि आरक्षित योग्यताक्रमबाट छनौट गरिनेछ।
(२) उपनियम (१) बमोजिम आरक्षित पैंतालीस प्रतिशत सिटलाई शत प्रतिशत कायम गरी देहायको प्रतिशतका आधारमा छात्रवृत्ति सिट वितरण गरिनेछः-
क महिला -तेत्तीस प्रतिशत, ख दलित - नौ प्रतिशत,
ग आदिवासी जनजाति - पन्ध्र प्रतिशत, घ खस आर्य - सत्र प्रतिशत, ङ मधेशी - बाह्र प्रतिशत, च थारू - चार प्रतिशत, छ मुस्लिम - दुई प्रतिशत,
ज पिछडिएको क्षेत्रका व्यक्ति - चार प्रतिशत झ आअपाङ्गगता भएको व्यक्ति - दुई प्रतिशत, ञ शहिदका परिवार, बेपत्ता पारिएका व्यक्तिका परिवार, घाइते योद्धाहरूको परिवार र द्वन्द्व पीडित - दुई प्रतिशत,
(३) उपनियम (२) को खण्ड (क) बमोजिम महिलाका लागि छुट्याइएको तेत्तीस प्रतिशत सिटमध्ये तीन प्रतिशत सिट दलित समुदायका महिला र दुई प्रतिशत सिट मुस्लिम समुदायका महिलाको लागि छुट्याइनेछ।
(४) उपनियम (२) को खण्ड (ङ) बमोजिम मधेशी समुदायका लागि छुट्याइने बाह्र प्रतिशत सिटमध्ये तीन प्रतिशत मधेशी दलित समुदायका व्यक्तिलाई छुट्याइनेछ।
(५) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि आरक्षण गरिएको सिटमा सामुदायिक विद्यालयबाट कक्षा छ देखि माध्यमिक तहको कक्षा दशको अन्त्यमा हुने परीक्षा (एसईई) उत्तीर्ण गरेका उम्मेदवार नभएमा नेपालभित्रका अन्य विद्यालयबाट माध्यमिक तहको कक्षा दशको अन्त्यमा हुने परीक्षा उत्तीर्ण गरेका सोही समुदायका उम्मेदवारलाई छनौट गरिनेछ।
(६) उपनियम (३) बमोजिम दलित समुदायका महिला र मुस्लिम समुदायका महिलाको लागि छुट्याइएको सिटमा सम्बन्धित समुदायका महिला उपलब्ध नभएमा त्यस्तो सिटमा अन्य समुदायका महिलालाई छनौट गरिनेछ।
(७) उपनियम (४) बमोजिम मधेशी दलित समुदायको लागि छुट्याइएको सिटमा सम्बन्धित समुदायका व्यक्ति उपलब्ध नभएमा त्यस्तो सिटमा मधेशी समुदायका अन्य व्यक्तिलाई छनौट गरिनेछ।
(८) यस नियम बमोजिम प्रतिशत निर्धारण गर्दा दशमलव पछि अङ्क आएमा देहाय बमोजिम गरिनेछ :-
(क) दशमलव भन्दापछि आएको अङ्क मध्ये सबैभन्दा बढी अङ्क ल्याउनेलाई एक सिट थप गर्ने, (ख) दशमलव पछिको अङ्क बराबर भएमा खुला योग्यताक्रममा अगाडि रहेको उम्मेदवार भएको समुदायलाई एक सिट थप गर्ने। उदाहरणको लागि: प्रतिशत निर्धारण गर्दा महिला तर्फ ५.५ प्रतिशत र अपाङ्गता भएको व्यक्ति तर्फ ५.२ प्रतिशत हुन आएमा महिला तर्फ ६ सिट र अपाङ्गता भएका व्यक्ति तर्फ ५ सिट कायम गरिनेछ। महिला तर्फ ५.५ प्रतिशत र अपाङ्गता भएका व्यक्तितर्फ ५.५ प्रतिशत हुन आएमा खुला योग्यताक्रममा जुन समुदायको व्यक्तिको नाम अगाडि रहेको छ, सोही समुदायका लागि एक सिट थप गरिनेछ। (९) यस नियम बमोजिम विदेशी मुलुक वा शिक्षण संस्थाबाट प्राप्त छात्रवृत्तिमा उम्मेदवार छनौट गर्दा सम्भव भएसम्म खुला तथा आरक्षित समूह दुबै तर्फका उम्मेदवार छनौट गरिनेछ।
(१०) यस नियम बमोजिम कुनै वर्ष खुला वा आरक्षित कुनै समूहको लागि उपनियम (९) बमोजिम दशमलव पछिको अङ्क नपुग भएको कारण सिट न्छुट्टिएमा सो वर्षको सो समूहको अङ्कलाई अर्को वर्षमा जोडिनेछ।
(११) कुनै समूहको लागि छुट्याइएको सिटमा सो समूहको दरखास्त पर्न नआएमा वा उम्मेदवार छनौट हुन नसकेमा त्यस्तो समूहलाई छुट्याइएको सिट स्वत: खुला समूहमा सर्नेछ।