नियम
छात्रावासको भाडा, भोजन खर्च र भर्ना शुल्क
 नेपाल सरकार तर्फबाटै निशुल्क भोजनको व्यवस्था भएको वा छात्रावासको भाडा, भर्ना तथा अन्य शुल्क नलाग्ने गरिएको छात्रावासमा बाहेक अरु छात्रावासमा छात्रावास भाडा, भोजनखर्च र भर्ना तथा अन्य शुल्क समितिले तोके बमोजिमको हुनेछ । तर त्यस्तो अन्य छात्रावासको हकमा समितिले उचित सम्झेमा विद्यार्थीहरूले आफै खर्च व्यहोर्ने गरी विद्यार्थीहरूबाट सञ्चालित वा अन्य कुनै व्यक्तिबाट सञ्चालित भोजनालयको व्यवस्था गराउन सक्नेछ ।