दफा १६
छानवीन गर्ने

१६. छानवीन गर्ने

(१) सार्वजनिक संस्थानको कार्यकारी प्रमुखको कार्यसम्पादन सन्तोषजनक नभएको वा खराब आचरण भएको वा पदीय जिम्मेवारी इमान्दारितापूर्वक पालना नगरेको भनी कुनै व्यक्ति, संस्था वा निकायको उजूरी परेमा वा बोर्डले कुनै व्यहोराले जानकारी पाएमा बोर्डले त्यस्ता कार्यकारी प्रमुखका सम्बन्धमा छानवीन गरी नेपाल सरकार समक्ष सिफारिस सहितको प्रतिवेदन दिनेछ ।

(२) उपदफा (१) बमोजिमको सिफारिस प्राप्त भएमा नेपाल सरकारले त्यस्ता कार्यकारी प्रमुखलाई सिफारिस बमोजिम निलम्बन गर्न, पदमुक्त गर्न वा सचेत गराउन सक्नेछ ।