नियम
छुट्टै एकाइ वा प्रहरी कर्मचारी तोक्नु पर्ने

बालकले गरेको कसूरको अनुसन्धान तथा तहकिकात गर्न प्रत्येक प्रहरी कार्यालयमा प्रचलित कानूनबमोजिम योग्यता पुगेका प्रहरी कर्मचारी रहेको छुट्टै एकाइ रहनेछ । त्यस्तो एकाई नभएसम्म प्रहरी प्रधान कार्यालयले कुनै प्रहरी कर्मचारीलाई सो कार्य गर्न तोक्न सक्नेछ ।