नियम १६
छुट्टै खाता खोल्नु पर्ने

(१) स्थानीय तहले नियम १० बमोजिम प्राप्त भएको रकम स्थानीय लैङ्गिक हिंसा निवारण कोषको नाममा कुनै वाणिज्य बैङ्कमा छुट्टै खाता खोली जम्मा गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको खाताको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत र लेखामा काम गर्ने मुख्य कर्मचारीको संयुक्त दस्तखतबाट हुनेछ ।