नियम ३६
छुट्टै परिचयपत्र जारी गर्ने
(१) ऐनको दफा ४७ बमोजिम गैर आवासीय नेपाली नागरिकताको प्रमाणपत्र प्राम्त व्यक्ति वा लगातार एकसय असी दिन वा सो भन्दा बढी समयावधि नेपालमा बसोबास गर्ने अन्य विदेशीलाई अनुसूची-३ बमोजिमको दस्तुर लिई नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको मितिदेखि अस्थायी प्रकृतिको छुट्टै परिचयपत्र जारी गर्न सकिनेछ।

(२) उपनियम (१) बमोजिम नेपालमा बसोबास गर्न पाउने अन्य बिदेशीको लागि त्यस्तो परिचयपत्र जारी गर्दा निज नेपालमा बसोबास गर्न पाउने अवधिभरको लागि जारी गरिनेछ।

(३) उपनियम (१) बमोजिम परिचयपत्र जारी गर्ने प्रयोजनको लागि एकसय असी दिन वा सो भन्दा बढी समय नेपालमा बसोबास गर्ने विदेशीको विवरण अध्यागमन बिभागले विभागलाई उपलब्ध गराउनु पर्नेछ।

(४) उपनियम (१) बमोजिमको छुट्टै परिचयपत्र लिन चाहने गैर आवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिले अनुसूची-३३ बमोजिम र्‌ अन्य विदेशीले अनुसूची- ३४ बमोजिमको ढाँचामा विभागमा निबेदन दिनु पर्नेछ।

(५) उपनियम (४) बमोजिम निवेदन परेमा महानिर्देशकले सो सम्बन्धमा आवश्यक जाँचबुझ गरी गैर आवासीय नेपाली नागरिकताप्राप्त व्यक्तिको हकमा अनुसूची- ३५ बमोजिम र अन्य विदेशीको हकमा अनुसूची-३६ बमोजिमको ढाँचामा परिचयपत्र जारी गर्न सक्नेछ।

(६) नेपालमा रहेका अन्य विदेशीले नेपालमा बसोबास गर्न पाउने अबधि थप भई उपनियम (५) बमोजिमको परिचयपत्र नवीकरण गर्नु पर्ने भएमा सम्बन्धित व्यक्तिले अनुसूची- ३७ बमोजिमको ढाँचामा बिभागमा निवेदन दिनु पर्नेछ।

(७) उपनियम (६) बमोजिम निवेदन परेमा विभागले अनुसूची-३ बमोजिमको दस्तुर लिई त्यसरी थप भएको अवधिभरका लागि परिचयपत्र नवीकरण गरिदिनु पर्नेछ।

(८) उपनियम (१) बमोजिम सूचना प्रकाशन भएपछि गैर आवासीय “नेपाली नागरिकताप्रा व्यक्ति तथा अन्य बिदेशीले प्रचलित नेपाल कानून बमोजिम सेवा सुविधा प्राप्त गर्नको लागि उपनियम (१) बमोजिमको परिचयपत्र पेश गर्नु पर्नेछ।

(९) यस नियम बमोजिम जारी गरिएको परिचयपत्र देहायको अवस्थामा रद हुनेछ:-

(क) गैर आवासीय नेपाली नागरिकताप्राम्न व्यक्तिको त्यस्तो नागरिकता रद्द भएमा,

(ख) अन्य विदेशीको हकमा नेपालमा बसोबास गर्न पाउने अबधि समास भएमा बा नेपालमा बसोबास गर्ने अनुमति रद्द भएमा। (१०) यस नियम बमोजिम जारी गरिएको परिचयपत्रको विवरण राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा अावधिक गरी राख्नु पर्नेछ।