दफा १६
जग्गा दर्ता गर्न नहुने
(१) राष्ट्रिय वनभित्रको जग्गा कसैले पनि दर्ता गर्न वा गराउन हुदैन ।
(२) उपदफा (१) मा लेखिएको जग्गा दर्ता गराइएको भएतापनि सो दर्ताको नाताले त्यस्तो जग्गा दावी गर्न पाइने छैन र त्यस्तो दर्ता स्वतः बदर हुनेछ ।
(२क) उपदफा (२) बमोजिम दर्ता बदर भएको जग्गाको लगतकट्टा गर्न डिभिजनल वन अधिकृतले सम्वन्धित मालपोत कार्यालयलाई लेखी पठाउनु पर्नेछ । त्यसरी लेखी आएको सात दिनभित्र मालपोत कार्यालयले लगतकट्टा गरी सोको जानकारी सम्बन्धित डिभिजन वन कार्यालयलाई दिनु पर्नेछ ।
(३) यो ऐन प्रारम्भ हुनुभन्दा अघि कसैले राष्ट्रिय वनको कुनै भाग नेपाल सरकारको स्वीकृति बेगर गैरकानूनी रुपले दर्ता गराएको रहेछ भने त्यस्तो दर्ता पनि यो ऐन प्रारम्भ भएपछि स्वतः बदर हुनेछ र त्यस्तो दर्ताको लगत कट्टा गरिनेछ ।