नियम ३१
जग्गा दर्ता गर्न नहुने

३१. जग्गा दर्ता गर्न नहुने ः

(१) निकुञ्ज भित्रको कुनै पनि जग्गा कसैले कुनै पनि तरिकाले कब्जा गर्न र दर्ता गर्न वा गराउन हुँदैन । कसैले यस नियम विपरीत
जग्गा दर्ता गराएमा त्यस्तो दर्ता स्वतः बदर हुनेछ ।
(२) उपनियम (१) बमोजिम जग्गा निकुञ्ज घोषणा हुनु भन्दा अघि कसैले नेपाल सरकारको स्वीकृति बेगर गैरकानूनी रुपले दर्ता गराएको रहेछ भने त्यस्तो दर्ता निकुञ्ज घोषणा भएकै मितिबाट स्वतः बदर भएको मानिनेछ र सोको व्यहोरा अभिलेखमा जनाउन निकुञ्ज कार्यालयले सम्बन्धित मालपोत कार्यालयमा लेखी पठाउन पर्नेछ । त्यसरी लेखी आएको सात दिन भित्र मालपोत कार्यालयले अभिलेखमा जनाई सोको जानकारी निकुञ्ज कार्यालयलाई गराउनु पर्नेछ ।