नियम
जग्गा नाप जा“च गर्ने “च गर्ने

(१) नियम ३ बमोजिम सूचना प्रकाशन भएपछि जग्गा नाप जा“च गर्न तोकिएको दिनमा ऐनको दफा ६ को उपदफा (५) बमोजिम सम्बन्धित जग्गाका जग्गावाला वा मोहीले आफ्नो हकभोगको प्रमाण सहित आफै वा आफ्नो प्रतिनिधि पठाई नापी टोलीको मुकाममा उपस्थित भई सम्बन्धित नगरपालिका वा गाउँ विकास समितिका प्रतिनिधि र संधियार समेतको रोहवरमा आ–आफ्नो प्रत्येक कित्ता जग्गाको सा“ध सिमाना यकीन गरी सीमा चिन्ह लगाउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम सा“ध सिमाना यकीन गरी सीमा चिन्ह लगाएपछि जग्गाको नाप जा“च गरी कुनै एक वडा अन्तर्गत एक नक्सा सिटको नाप नक्साको काम समाप्त भएपछि नापी टोलीले अनुसूची–२ बमोजिमको सात दिने सूचना प्रकाशन गर्नु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम प्रकाशित सूचनाको म्यादभित्र कसैको दावी उजुर नपरेमा नापी टोलीले सम्बन्धित जग्गावाला वा मोहीको हकभोगको प्रमाण र मौजुदा स्रेस्ता समेत भिडाई त्यस्तो जग्गा अनुसूची–३ बमोजिमको ढाँचामा क्षेत्रीय किताबमा दर्ता गर्नु पर्नेछ ।
(४) जमीन तल्ला वा माथिल्लो तल्लाहरूमा वा एकै तल्लामा पृथक पृथक स्वामित्व भएको घर जग्गा नाप जा“च गरी उपनियम (३) बमोजिमको क्षेत्रीय कितावमा दर्ता गर्दा त्यस्तो पृथक पृथक स्वामित्व भएको घर जग्गा अनुसूची–४ बमोजिमको ढा“चामा दर्ता गर्नु पर्नेछ ।