दफा १४
जग्गा पाउनेले पालन गर्नु पर्ने शर्तहरू
: (१) यो ऐन अन्तर्गत बिक्री वितरणमा जग्गा पाउने परिवार वा व्यक्तिले नेपाल सरकारलाई बुझाउनु पर्ने जग्गाको मोल नबुझाएसम्म वा आवाद हुनुपर्ने अवस्थाको जग्गा आवाद गरी ३ वर्षसम्म आफैंले भोग चलन नगरेसम्म यो जग्गा अरूलाई बिक्री वा दान वकस दिन पाउनेछैन ।
(२) उपदफा (१) उल्लघंन गरी कसैले कुनै काम गरेमा सम्बन्धित जग्गाको हक नेपाल सरकारमा सर्नेछ र सो जग्गा नेपाल सरकारले यो ऐनबमोजिम पुन बिक्री वितरण गर्न सक्नेछ ।
(३) यो ऐनबमोजिम जग्गा पाउनेले जग्गाको मूल्य ३ वर्षभित्र तीन बराबर किस्तामा तोकिएको म्याद भित्र तोकिएको अड्डा वा अधिकारी समक्ष बुझाउनु पर्छ ।
तर कसैले एक मुष्ट वा तीन वर्षभन्दा थोरै अवधिमा वुझाउन चाहेमा सो बमोजिम बुझाउन पाउनेछ ।