नियम
जग्गा लिलाम गर्ने
(१) ऐनको दफा १६ को उप–दफा (१) बमोजिम मालपोत
कार्यालयले मालपोत असूल उपर गर्न बा“की रहेको जग्गा लिलाम बिक्री गर्दा जिल्ला
कार्यालयको प्रतिनिधि साक्षी राखी लिलाम बिक्रीको निमित्त बढाबढ गर्नु पर्नेछ ।
(२) लिलाम सकार गर्ने व्यक्तिले सकार गरेको रकम तुरुन्त दाखिल गर्नु पर्नेछ र
सो रकम दाखिल गर्न नसकेमा सकार गरेको रकमको सयकडा दश धरौटी दाखिल
गरी बा“की रकम तीन दिनभित्र दाखिल गर्नु पर्नेछ । सयकडा दश धरौटी राखेकोमा
बा“की रकम तीन दिनभित्र दाखिल गर्न नसकेमा राखेको धरौटी जफत हुनेछ र त्यस्तो
जग्गाको स्वामित्व नेपाल सरकारमा सर्नेछ ।
(३) लिलाम बिक्री सदर वा बदर गर्ने अन्तिम अधिकार नेपाल सरकारमा निहित
रहनेछ ।
(४) लिलाम बिक्री सदर भएपछि मालपोत कार्यालयले सकार गर्नेको नाउ“मा
पैतिस दिन भित्र त्यस्तो जग्गाको दाखिल खारेज गरी दिनु पर्नेछ । मोहीयानी लागेको
जग्गा भए मालपोत कार्यालयले मोहीलाई पनि त्यसको सूचना दिनु पर्नेछ ।
(५) लिलाम बिक्री बदर भएकोमा भने मालपोत कार्यालयले सकार गर्नेलाई
पैंतीस दिन भित्र सूचना दिनु पर्नेछ ।