दफा १२
जग्गाको बिक्री वितरण
: (१) यो ऐनबमोजिम जफत भएको जग्गा कमिशनले दफा १३ को अधीनमा रही देहायबमोजिम बिक्री वितरण गर्नेछ –
(क) यो ऐन प्रारम्भ हुनुभन्दा अघि कसैले नियमबमोजिम जग्गा पाई आफैंले सो जग्गा आवाद गरी कमाई आएको रहेछ भने सो जग्गा भोग चलन गरी कमाउने व्यक्ति वा परिवारलाई,
(ख) यो ऐन प्रारम्भ हुनुभन्दा अघि एउटै जग्गा एक वा एकभन्दा बढी परिवार वा व्यक्तिले पाएको रहेछ भने त्यस्तो परिवार वा व्यक्तिहरूमध्ये जसले सो जग्गा आवादगरी कमाई आएकोछ सो परिवार वा व्यक्तिलाई,
तर त्यस्ता परिवार वा व्यक्तिहरू मध्ये पहिले जसले जग्गा आवाद गरी कमाई आएको थियो त्यस परिवार वा व्यक्तिलाई जवरजस्ती गरी हटाई अर्काले पछि कमाई आएको भए अघि आवाद गरी कमाउने परिवार वा व्यक्तिलाई,
(ग) कुनै व्यक्ति वा फर्म वा संस्थाले कुनै निश्चित कार्यक्रम तथा योजनाको निमित्त लगाउने शर्तमा यो ऐन जारी हुनुभन्दा अघि नियमबमोजिम जग्गा पाएकोमा सो शर्तबमोजिम नगरी अर्कालाई कमाउन दिएको रहेछ भने त्यस्तो जग्गा खूद कमाउने परिवार वा व्यक्तिलाई,
(घ) खण्ड (क), (ख) र (ग) मा लेखिएको अवस्थामा बाहेक विकास क्षेत्रमा जग्गावाला वा मोहीको रूपमा जग्गा भोग चलन नगरी यो ऐन जारी भएको अघिल्लो दिनसम्म कुनै व्यक्ति वा परिवार कुनै जग्गामा बसोबास गरि रहेको भए सो जग्गा त्यस्तो परिवार वा व्यक्तिलाई ।
(३) कुनै खास जग्गा नतोकी कुनै परिवार वा व्यक्तिले जग्गा बिक्री वितरणको पूर्जासम्म प्राप्त गरेको तर जग्गा भोग चलन गरेको रहेनछ भने वा साविक सन्धीसर्पन गौचर बाटो इत्यादि रहेको जग्गाको पूर्जा प्राप्त गरेको रहेछ भने यो ऐन जारी भएपछि त्यस्तो पूर्जा स्वतः बदर हुनेछ ।
(४) विकास क्षेत्र नियमबमोजिम जग्गा प्राप्त गरी भोग चलन गरिरहेका व्यक्ति वा परिवारले यस दफा अन्तर्गत बिक्री वितरणमा जग्गा प्राप्त गर्न सक्नेछैन ।