दफा १०
जनस्वास्थ्य र जन सुरक्षासम्बन्धी पदार्थको गुणस्तर तोक्न सकिने
(१) औषधि ऐन, २०३५ र खाद्य ऐन, २०२३ बमोजिम स्तर निर्धारण हुने औषधि र खाद्य पदार्थबाहेक अन्य कुनै पदार्थ वा प्रक्रियाको सम्बन्धमा नेपाल सरकारले जनसाधारणको स्वास्थ्य र सुरक्षाको लागि नेपाल राजपत्रमा सूचना प्रकाशित गरी सोही सूचनामा तोकिएको मिति देखि लागू हुने गरी त्यस्तो पदार्थ वा प्रक्रियाको उत्पादक वा निर्माता, वितरक वा सेवा प्रदान गर्ने व्यक्तिले परिषद्बाट निर्धारण
गरिएको गुणस्तर अनिवार्य रुपले अपनाउनु पर्ने गरी तोक्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम तोकिएको पदार्थ वा प्रक्रियाको सम्बन्धमा सम्बन्धित उत्पादक वा निर्माता, वितरक वा सेवा प्रदान गर्ने व्यक्तिले यस ऐन बमोजिम इजाजतपत्र वा गुणस्तरको प्रमाणपत्र लिनु पर्नेछ ।