विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,—
(क) “परिषद्” भन्नाले दफा ३ बमोजिम गठन भएको नेपाल गुणस्तर परिषद्सम्झनु पर्छ ।
(ख) “कार्यालय” भन्नाले दफा ५ बमोजिम स्थापना भएको नेपाल गुणस्तर कार्यालय सम्झनुपर्छ ।
(ग) “गुणस्तर” भन्नाले परिषद्द्वारा निर्धारण गरेको वा मान्यता प्राप्त नेपाल गुणस्तर सम्झनुपर्छ ।
(घ) “पदार्थ” भन्नाले प्राकृतिक, अर्ध–प्राकृतिक, कृत्रिम, निर्मित, प्रशोधित, अर्धप्रशोधित वाअप्रशोधित माल वस्तु सम्झनुपर्छ ।
(ङ) “प्रकृया” भन्नाले पदार्थको उत्पादन वा निर्माणदेखि खपत हुँदासम्मका कुनै प्रक्रिया सम्झनु पर्छ ।
(च) “प्रमाण–चिन्ह” भन्नाले गुणस्तरको प्रमाण–चिन्ह सम्झनुपर्छ ।
(छ) “इजाजतपत्र” भन्नाले प्रमाण–चिन्ह प्रयोग गर्न दिइने इजाजतपत्र सम्झनुपर्छ ।
(ज) “निरीक्षक” भन्नाले दफा १२ बमोजिम नियुक्त भएको वा तोकिएको निरीक्षक सम्झनुपर्छ।
(झ) “तोकिएको” वा “तोकिएबमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिएबमोजिम सम्झनुपर्छ ।