दफा ६९
जफत भएका वनस्पति तथा वनस्पति स्रोतको व्यवस्थापन
नेपाल सरकार वा प्रदेश सरकारले यस ऐन बमोजिमको कसुरमा जफत भएको कुनै वनस्पति तथा वनस्पति स्रोतलाई शैक्षिक तथा वैज्ञानिक अध्ययन अनुसन्धान वा औषधिजन्य प्रयोग वा धार्मिक कार्यका लागि सार्वजनिक संस्था वा निकायलाई उपलब्ध गराउन वा नष्ट गर्न सक्नेछ।